१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज २३० जनामा कोरोना पुष्टि, ७८ डिस्चार्ज



काठमाडौं  पछिल्लो २४ घन्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८३६ नमूना परीक्षण गरिएकोमा २३० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट १२८ र एन्टिजेनबाट १०२ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। आज थप ७८ जना कोरोनामुक्त भएका छन्।

हाल २५०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा एक लाख ६५ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : १४ बजे