१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप घटनाबारे आईसीसीको चासो, भन्यो–खास कुरा के हो ?



काठमाडौं । सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोप बारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । त्यसबारे क्यानले आईसीससीलाई ब्रिफिङ गरेको छ ।
क्यानका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्लले आईसीसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीबारे चासो लिएको बताए । ‘आईसीसीबाट बारम्बार फोन आएको छ । यो माइनर केस हो भनेको छु । उनीहरु पनि सिरियस छन्,’ मल्लले भनेका छन् ।
सीपीएल प्रतियोगिताका लागि वेस्ट इन्डिजमा रहेका कप्तान सन्दीपसँग आफ्नो कुरा भएको मल्लले बताए । कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको बताएका थिए । उनले कानुनी उपचारका लागि सहयोग गरिदिन समेत सन्दीपले आग्रह गरेको मल्लले बताए ।
‘क्यानबाट मैले नै सम्पर्क गरेको थिएँ । तिमीविरुद्ध उजुरी परेको छ । युवतीले बलत्कारको आरोप लगाएकी छन् भने । मैले थाहा पाएको छु, मेरो संलग्नता छैन भन्ने उनको भनाइ थियो,’ मल्लले भने ।
सन्दीपले आफू सीपीएल लिग सकेरमात्रै नेपाल फर्किने बताएको मल्लले बताए । ‘सन्दीपले सीपीएल सकेरमात्र फर्कन्छु भने । उता टिमले पनि थाहा पाएको र उनीहरुले त्यस्तो केही समस्या छैन भनेको सुनाए,’ मल्लले भने ।
क्यानले नेपाल टी–२० लिगबारे बिहीबार गरेको पत्रकार सम्मेलनमा समेत यसबारे प्रश्न सोधिएको थियो । सन्दीपविरुद्धको उजुरीले प्रतियोगितालाई प्रभावित गर्छ गर्दै सञ्चारकर्मीको प्रश्नमा सेभेन थ्री स्पोर्ट्सले क्यानको सल्लाहअनुसार निर्णय लिइने जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ४ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *