१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा १५ वर्षीया बालिकामाथी सामूहिक बलात्कार



कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ ।

ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्‍याएको प्रनाउ शाहीले बताए ।

बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *