७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १६३ जनामा कोरोना पुष्टि, १३० संक्रमणमुक्त



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गरिएको हाे । १ हजार ७ सय १८ जनाको पीसीआर र २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । साथै देशभर २ हजार ४ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *