१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि भारी वर्षाको सम्भावना



काठमाडौं। आज आइतबार पनि देशका केहि ठाउँमा भारी वर्षाको सम्भावना छ । विगत केहि दिनदेखि ठाउँ ठाउँमा ठूलो पानी परिरहेको छ । आइतबार दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।

तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार दिउँसो  वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।  यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

पर्सि मङ्गलबारदेखि मनसुनी गतिविधि थप सक्रिय हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । प्रधानाङ्गका अनुसार मनसुनसँगै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।

अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ५७ बजे