७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिट बाँडफाँड सोमबार टुंग्याउने सहमति



काठमाडौं । सिट बाँडफाँटबारे सोमबार सहमति जुटाउने निर्णय सहित सत्तागठबन्धनको आजको बैठक सकिएकोे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा लामो बसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सोमबार जसरी पनि सहमति गर्ने निर्णय गरेको हो ।
आज नै सहमति गर्ने भनिएपनि बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो ।
बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

सिट बाँडफाँटबारे अझै धेरै विषय मिलाउन बाँकी रहेको जानकारी दिँदै नेता खनालले सोमबार बस्ने बैठकबाट टुंगो लगाउने सहमति भएको जानकारी दिए । बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने बताइएको छ ।
कार्यदलले करिब ९० सिटमा सहमति जुटाईसकेको दाबी गरिएको छ । बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । ७५ सिटमा गठबन्धन आबद्ध दलहरुका दाहोरो तेहोरो दाबी परेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *