८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले २ जनाको मृत्यु, थप १ सय ४ जना संक्रमित



काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । थप १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ५ सय ९२ जनाको पीसीआर र १ हजार ९ सय ९५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *