७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारमा लिफ्ट दिएर नौ जनाद्वारा सामूहिक बलात्कार



पोखरा । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् ।

भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

पीडित महिलाले १५ गते बेलुकै उजुरी दिएको डिएपी तिवारीले बताए । बलत्कारको आरोपमा ८ जनालाई पक्राउ गरी सकेको र १ जना अझै फरार रहेको उनले बताए ।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको उनले बताए । थप एक जनाको पनि खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *