१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याज पीडित र प्रहरी बिच झडप, ५० बढी पक्राउ



काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका ५० जना भन्दा धेरै मिटर ब्याज पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु बिच दोहोरो झडप भएको थियो ।

त्यही क्रममा ५० बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिटर ब्याज उठाउने साहूले गर्दा आफुहरु समस्यामा परेको भन्दै उनीहरु केहि दिनदेखि न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
सोमबार उनीहरूले ¥यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

प्रदर्शनमा सहभागी एकजनाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।
उनीहरुले न्याय माग्दा समेत सरकारले हस्तक्षेप गरेको भन्दै थप कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् । पीडितलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *