४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल भए



काठमाडौं । धरानका मेयर हर्क साम्पाङ आफ्नो पानी ल्याउने योजनामा सफल भएका छन् ।
उनले चुनावको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी धरान बजार ल्याउन सफल भएका हुन् ।
मेयर साम्पाङले आफु सहित अन्य सहयोगीहरु धरान बजारमा पुगेको पानीको ठुलो धारामा नुहाउदै गरेको भिडियो फेसबुकमा रखानेर खुसी व्यक्त गरेका छन् ।
उनले अहिले खर्दु र निशानेलाई मात्रै जोडेको बताउदै सर्दु जोड्न बाँकी रहेको पनि सामाजिक संजालमै उल्लेख गरेका छन् ।
पानी बजारमै आइपुगेपछि मेयर साम्पाङसहित धरानवासी पाइपको धारामा फोहोरामा भिजेर रमाइलो गरिरहेको उनको भिडियोमा देखिन्छ ।
उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । वर्षको १२ महिना नै पानी अभाव हुन नदिनेगरी दिगो व्यवस्थापन गर्न समेत उनलाई कमेन्टमा सुझाब दिइएको छ ।
यसअघि केहि समय ब्यापक आलोचना खेपेका मेयर साम्पाङको पानी ल्याउने योजना सफल भएपछि भने धरानका स्थानीयले उनको खुलेर प्रशंसा गरिरहेका छन् । यो सफलतापछि उनी फेरि एक पटक चर्चामा आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *