१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनाका पूर्वजर्नेलद्धारा कृषि विकास बैंकको ४ करोड हिनामिना



काठमाडौं । ४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वजर्नेल रमेशराज विष्ट र बैंकको टेलर सहायक दीपिका रेग्मीलाई जेल सजाय तोकिएको छ ।
कृषि विकास बैंकको रकम हिनामिना गरेको प्रमाणित भएपछि पूर्वजर्नेल विष्टलाई ४ वर्ष र टेलर सहायक तथा पूर्वजर्नेलकै प्रेमिका रेग्मीलाई ८ वर्ष कैद सजाय तोकिएको हो ।
विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार रुपैयाँ, टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख जरिवाना तोकिएकोे छ ।
अदालतले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो । अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेकोमा अन्य प्रतिबादीहरुले भने सफाई पाइसकेकाछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *