१९ फाल्गुन २०८०, शनिबार | Mar 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अचेल मलाई एक्लो महसुस हुन थाल्यो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई एक्लो महसुस भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ’पल पलको मृत्यु’को लोकार्पण गर्दै उनले लाखौं करोडौं मानिसका बीचमा रहेपनि केहि समय यता किनकिन एक्लो महसुस हुन थालेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको उल्लेख गरे ।
प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे ।
अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे ।
आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ । प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने समेत बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *