१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन र नगद लुटेर धरानमा वृद्धाको हत्या



धरान । सुनसरीको धरान उपमहानगरपालिका-२० स्थित टोडकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ। लुटेराको समूहले स्थानीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ। 

६५ वर्षीया पूर्णिमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेराहरुको समूहले सुन र नगद लुटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए। 

उनले हत्या गरिएकी महिला घरमा एक्लै बस्ने गरेको र घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरुले हत्या गरेको हुनसक्ने लिम्बुले बताए। 

घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।  घटनाको स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य बिविन प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक लिम्बुले बताए। उनले हत्यारालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए। 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : २० बजे