१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो



काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । हालसम्म डेंगुबाट ११ हजार ६५ जनामा संक्रमण पुष्टि गरेको छ ।
देशका सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४,लुम्बिनीमा १४२१,कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमित भेटिएका छन् ।
ललितपुर र भक्तपुरमा डेंगुको संक्रमण सबैभन्दा धेरै छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी देखिएका थिए ।
डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान गर्न र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *