६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म सौभाग्यशाली हुँ कि अभागी : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सौभाग्यशाली हो कि, अभागी हो छुट्याउन नसकेको बताएका छन् ।
उनले भने, ‘कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो जस्तो पो लाग्छ ।’
माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जे भएपनि देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै त्यसको रक्षाका लागि बिचलित नहुने बताए ।
अहिले आफूले जनयुद्धको बेलामा भन्दा बढी मिहिनेत गर्ने गरेको भन्दै प्रचण्डले पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाए । तर राजनीतिको केन्द्र आफू बन्दा जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव सुनाउदै उनले त्यसबारे गम्भीर भएर बुझ्न पनि आग्रह गरे ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनकै बेला माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहे पनि आन्तरिक व्यवस्थापनमा कमजोरी भएकाले त्यो अवसर गुमेको प्रचण्डले बताए ।
हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि पनि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने प्रचण्डको भनाइ छ ।
उनले आगामी निर्वाचनमा अझ बढी इमान्दारीताका साथ मिहिनेत गर्न सकेमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : १६ बजे