१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु



काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका आमा र दुई छोराछोरी रहेका छन् ।
बेथानचोक गाउँपालिका– ४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले गएराती १ बजेतिर घर पुँरिदा ४४ वर्षीय नीरबहादुर तामाङ, ४० वर्षीया सावित्री तामाङ र ६५ वर्षीया ठूलीमाया तामाङको मृत्यु भएको हो ।
मृतक नीरबहादुर र सावित्री ठूलीमायाका छोरा र छोरी हुन् । नीरबहादुर र सावित्रीको घटनास्थलमै मृत्यु भएको हो भने ठूलीमायाको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *