७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा सुरु भयो एमडीएमएस,अब अनधिकृत मोबाइल नचल्ने



काठमाडौं । नेपालमा आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु भएको छ । गैरकानुनी मोबाइल रोक्न दुरसञ्चार प्राधिकरणले यस्तो गरेको हो ।
मोबाइलको अनधिकृत आयात नियन्त्रण गर्न यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।
यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने यसपछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।
मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ ।
मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।
अब यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ । जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको प्राविधकरणले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *