१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा सूचनाको हकको लागि राष्ट्रिय महासंघ गठन



डोल्पा । डोल्पामा सूचनाको हकको लागि राष्ट्रिय महासंघ गठन गरिएको छ । जिल्ला शाखा महासंघमा १५ जना सदस्य छन् ।
बिहिबार सदरमुकाम दुनैमा बसेको पत्रकारहरुको भेलाले पत्रकार टेकबहादुर शाहीलाई अध्यक्षमा चुनेको छ ।

अन्तरिम संविधान २०६३, सुचनाको हक सम्बन्धी ऐन २०६४, सुचनाको हक सम्बन्धी नियामावली २०६५ र नेपालको संविधान २०७२ मा सूचनाको हकको व्यवस्था गरिएको छ ।
तर त्यसको व्यवहारीक रुपमा कार्यन्वयनमा देखिएको समस्यालाई नागरिक स्तरबाट सहजीकरण गर्ने अभिप्रायका साथ स्थापना भएको सुचनाको हककोलागि डोल्पा जिल्लामा राष्ट्यि महासंघ जिल्ला कार्य समिति गठन गरिएको हो ।
सूचनाको हककोलागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति डोल्पाको अध्यक्ष टेक बहादुर शाही, उपाध्यक्षमा रामचन्द्र न्यौपाने, सचिवमा लेख बहादुर बुढा, सहसचिवमा आनन्द सिंह रावल, कोषध्यक्षमा गायत्री शाही, सदस्यहरुमा सरोज थापा, मेनुका बुढा, सुकमाया थापा, मंगला बुढा, भक्त बहादुर सार्की, लाल बहादुर बुढा, प्रेम थापा, विनिता शाही, पूर्ण बहादुर सार्की, मिलन शाही जिल्ला कार्य समितिमा रहेका छन ।
यस्तै विष्णुलाल बुढा, विष्णुप्रसाद देवकोटा, कमल बहादुर बुढा, बालकृष्ण डाँगी, योगेन्द्र बुढा, बबिकिशोर गुरुङलाई सल्लाहकार समिति चयन गरिएको छ ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति डोल्पाले नागरिकको सुचनाको हक सुनिश्चितताको लागि जिल्लामा रहेका विभिन्न सरकारी निकाय संग समन्वय गरि नागरिकलाई सुसुचित गराउने र जिल्लाका अन्य गैर सरकारी निकाय संग समेत समन्वय गरि सुशासन कायम गरिने सूचनाको हकको लागि राष्ट्रिय महासंघ डोल्पाका अध्यक्ष टेक बहादुर शाहीले बताए । उनले अब कुनेपनि नागरिक सूचनाको हकबाट बञ्चित हुन नपर्ने गरी आफुहरु सक्रिय रहेने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ६ : ०२ बजे