धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आएको छ ।
अहिले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनले धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका थिए । अस्पताल भर्ना गरिएपनि उनले औषधि लिन मानेका छैनन् । जसका कारण अवस्था झन जटिल बन्दै गएको छ ।
डाक्टर केसीको ब्लड प्रेसर घटेर ९०÷६० पुगेको छ । मुटुको चाल पनि घट्दो क्रममा छ । अन्य औषधि लिन नमाने पनि उनलाई स्लाइन भने दिन सुरु गरिएको छ ।
केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन भइसकेको छ । तर यसबारे सरकार पक्षबाट कुनै वास्ता गरिएको देखिदैन् ।
३१ भाद्र २०७९, शुक्रबार
156
Shares
प्रतिक्रिया