८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँउमा पहिरो जाँदा अछाममा ९ जना वेपत्ता


१ आश्विन २०७९, शनिबार  

2.2k
Shares

अछाम । तुर्माखाँद गाउँपालिका–५, नाडामा पहिरो जाँदा तीन परिवारका ९ जना वेपत्ता भएका छन् । पहिरोले दुई घर पुरिएका छन् ।
गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनिषा शाही र छोरी बिमला शाही वेपत्ता भएका छन् ।

पहिरोमा रितबहादुर शाही (रिठे) कि बुहारी भावना शाही, कमला शाही तथा छोरा सून्दर शाही र उनकी दुई नातिनी पनि वेपत्ता छन् ।
त्यस्तै काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही पनि पहिरोमा हराएकी छन् । पहिरोले नेत्रबहादुर शाहीका घरका सबै सदस्यहरु वेपत्ता छन् भने रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् भने अन्य सबै रोजगारीका लागि भारतमा रहेका छन् ।
नेत्र र रितबहादुर शाही दुबैका घरहरुमा पूर्ण रुपमा पहिरोले क्षति गरेको छ भने स्थानीय मिनबहादुर शाहीकी छोरी जानकी शाही साथीसँग बास बस्न नेत्र शाहीको घरमा गएका बेला पहिरो जादा उनी पनि वेपत्ता भएकी हुन् ।
उद्धारका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा खबर गरेपनि बिहान ८ बजेसम्म घटना स्थलमा कोहि पनि नपुगेको स्थानी टोपेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार पहिरोले अन्य कति क्षेति भयो भन्ने एकिन हुन सकेको छैन् ।
अहिले गाउँलेहरु घटनास्थलमा जम्मा भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *