४ बैशाख २०८१, मंगलबार | Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले अछाममा १३ जनाको मृत्यु, अझै १० वेपत्ता


१ आश्विन २०७९, शनिबार  

5.8k
Shares

अछाम । अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । अझै १० वेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ ।
पहिरोले कमलबजार नगरपालिका–८ मा पाँच जनाको मृत्यु भएको छ । उनीहरुको पूर्ण विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।
उनका अनुसार कलमबजारकै वडा नम्बर ६ ठाँटीखाँदमा पहिरोले घर परिदा ४ जनाको मृत्यु भएको छ । उनीहरु सबैको शव भेटिएका छन् । त्यहाँ अझै तीन जना वेपत्ता छन् भने ७ घाइतेको उद्धार गरिएको छ ।
त्यस्तै गएरातीको पहिरोमा परि वेपत्ता भएका जिल्लाको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाचौर गाँउकी १६ वर्षीया बिमला शाही र जानकी शाहीको शव पनि भेटिएको छ ।
बिमला पहिरोमा वेपत्ता रहेका नेत्रबहादुर शाहीकी छोरी हुन् भने जानकी मिनबहादुर शाहीकी छोरी हुन् । उनीहरु दुबै नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । त्यहाँ अझै ७ जनाको शव भेटिन सकेको छैन् ।
स्थानीयले उनीहरुको खोजी गररहेका छन् ।
शव भेटिन नसकेकाहरुमा स्थानीय नेत्रबहादुर शाही र उनकी श्रीमती मनिषा शाही तथा रितबहादुर शाही (रिठे) की दुई बुहारी भावना र कमला शाही तथा उनकी दुई नातिनी र छोरा सून्दर शाही रहेका छन् ।
रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् भने अन्य सबै रोजगारीका लागि भारतमा रहेका छन् ।
नेत्र र रितबहादुर शाही दुबैका घरहरुमा पूर्ण रुपमा पहिरोले क्षति गरेको छ भने पहिरोले गाउँ नै जोखिममा छ । अहिले फेरी पानी पर्न सुरु भएकाले अन्य घर समेत पहिरोमा पर्ने जोखिम बढेको स्थानीय टोपेन्द्र शाहीले बताए ।
उद्धारका लागि प्रहरी परिचालन गरिएपनि घटनासथल निकै टाढा रहेकाले समयमा पुग्न समस्या भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा स्थानीयले वेपत्ताहरुको खोजी गरिरहेका छन् ।
अछामकै ढकारी गाँउपालिका–१ मा निरन्तरको वर्षाका कारण घर भत्किदा एक बालिकाको मृत्युको छ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए । त्यहाँ अन्य तीनजना सामान्य घाइते भएका छन् ।
निरन्तरको वर्षाले जिल्लाकै ढकारी गाँउपालिका–६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार) को घर भत्किदा उनका एक नातिको च्यापिएर मृत्यु भएको छ । घटनामा घरमुली बैदार र उनकी एक बुहारी र अर्का नाति पनि घाइते भएको स्थानीय मानबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *