१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम पहिरो अपडेट : २१ जनाको मृत्यु, २ अझै वेपत्ता


१ आश्विन २०७९, शनिबार  

3k
Shares

अछाम । अछाममा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । पहिरोमा परेकाहरु मध्ये अब दुई जना मात्रै वेपत्ता छन् ।
पहिरोमा ज्यान गुमाउनेहरुमा तुर्माखाँद–५ नाडाको काँडाचौर टोलका ८ जना, कमलबजार– ८ डुंगालामा ५ जना, कमलबजार–६ ठाँटीखादमा ७ र ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा १ गरी २१ जनाको शव भेटिएको छ । तुर्माखाँदका १३ वर्षिय सून्दर शाही भने अझै वेपत्ता छन् ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा पहिरोमा परी ५ जनाले ज्यान गुमाएका हुन् । पहिरोले घर पुरिदा डुंगालाको कुन्टागडेन टोलका २६ वर्षिय गम्भीर दमाई, उनकी श्रीमती २३ वर्षकी भाना दमाई, छोरीहरु २६ वर्षकी डिग्रा दमाई, ५ वर्षकी कल्पना दमाई र ३ वर्षकी श्रृष्टी दमाईको मृत्यु भएको हो ।
पहिरोले च्यापिएर घाइते भएका खड्के दमाईको भने जिवितै उद्धार गरिएको स्थानीय हिक्मत नेपालीले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ ठाँटीखाँदमा पहिरोले घर पुरिदा ७ जनाको मृत्यु छ ।
ठाँटीखाँदका इन्द्र कामीको घर माथिबाट आएको पहिरोले उनकी तीन छोरी सरीता जनाला, संजीता जनाला र मैनकला जनालाको मृत्यु भएको छ । त्यस्तै इन्द्रकै भाई नमबहादुर जनालाकी श्रीमती सृजना जनाला, उनका छोरा ईश्वर जनाला, बुहारी गीता जनाला र छोरी धना जनालाको पनि घटनास्थलमै मृत्यु भएको छ । घटनामा घाइते भएका पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
अछाम जिल्लाकै तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडाको काँडाचौरमा पहिरोले दुई घर पुरिदा वेपत्ता भएका ९ जना मध्ये ८ जनाको शव फेला परेको छ ।
शव भेटिनेहरुमा स्थानीय नेत्रबहादुर शाही उनकी श्रीमती मनीषा शाही र छोरी बिमला शाही तथा काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही रहेका छन् । बिमला र जानकी नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । घटनामा स्थानीय रितबहादुर शाही (रिठे) की दुई बुहारी भावना र कल्पना शाही तथा उनकी दुई नातिनी नेलिना शाही र करिष्मा शाहीको पनि शव भेटिएको छ । रितबहादुरका छोरा सून्दर शाहीको अवस्था भने अज्ञात छ ।
घरमाथीबाट पहिरो आउदा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार) का दुई वर्षिय नाति नबिन बुढाको ज्यान गएको छ । पहिरोमा परी घाइते भएका घरमुली ६५ वर्षिय हर्कबहादुर बुढा (बैदार), उनकी बुहारी २५ वर्षकी चन्द्रादेबी बुढा र नाति ११ बर्षिय धर्म बुढा घाइते छन् ।
उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको वडा नम्बर ६ का वडा सदस्य कर्णबहादुर बुढाले जानकारी दिए । हर्कबहादुरको अवस्था थप जटिल बनेपछि उनलाई थप उपचारकालागि सुर्खेतबाट पनि नेपालगंज लगिएको छ । त्यहाँ करिब दर्जन बढी घरमा पहिरोले क्षति गरेको छ भने लाखौंको धनमाल, गाइबस्तु र लत्ताकपडा तथा अनाज सखाप भएको छ ।
खोलाले बगाउदा ढकारी गाउँपालिका वडा नम्बर १ का एक बृद्ध वेपत्ता छन् । उनको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
उनका अनुसार पहिरो गएर जोखिम भएको तुर्माखाँद नाडाको काँडाचौरका केहि स्थानीयलाई अन्यत्र सारिएको छ । अछाममा अझै मौसम खुलेको छैन् । त्यहाँ अझै वर्षाको सम्भावना रहेकाले भिरालो ठाउँका स्थानीयहरु चिन्तीत छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *