७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम पहिरोमा बेपत्ता सबै २२ जनाकै शव भेटिए


२ आश्विन २०७९, आइतबार  

4.7k
Shares

अछाम । अछाममा पहिरो वेपत्ता सबै २२ जनाकै शव भेटिएका छन् । आइतबार (आज) बिहान तुर्माखाँदका १३ वर्षीय सून्दर शाहीको शव भेटिएपछि वेपत्ता सबै २२ जनाको शव भेटिएका हुन् ।

यसअघि शनिवार अबेर राति सून्दरसँगै वेपत्ता भएकी रितबहादुर शाही (रिठे) की दुई नातिनी नेलिना र करिष्मा शाहीको शव भेटिएको थियो । तुर्माखाँद वडा नम्बर ५ नाडाको काँडाचौर गाउँ माथिबाट आएको पहिरोले दुई घर पुरिदा स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनीषा र छोरी विमलाको मृत्यु भएको हो । मीनबहादुर शाहीकी छोरी जानकीको पनि मृत्यु भएको छ । विमला र जानकी नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा पढ्थे ।

त्यस्तै, आइतबार बिहान शव भेटिएका सून्दर शाहीकी दुई भाउजु भावना र कल्पना शाहीको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । कालिकेश्वरी माविका शिक्षक टोपेन्द्र शाहीका मानवीय क्षति भएका दुवै घर पूर्ण रूपमा पहिरोले बगाएको छ । ती घरवरपरका करिब डेढ दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । काँडाचौर र त्यस वरपारका टोलका १५ वढी परिवारलाई शनिवारदेखि नै वडा कार्यालयमा राखिएको छ । उनीहरुका घर पनि पहिरोको जोमिमा रहेकाले थप क्षति हुन नदिन उनीहरुलाई सुरक्षित स्थानमा राखिएको हो ।

शुक्रबार राति तुर्माखाँदको नाडासंगै जिल्लाका अन्य तीन ठाउँमा पनि पहिरो गएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार तुर्माखाँदमा तीन परिवारका ९ जनासंगै कमलबजार नगरपालिकामा १२ र ढकारी गाउँपालिकामा एकको मृत्यु भएको हो ।

कमलबजार नगरपालिकाको वडा नम्बर ६ ठाँटीखाँदमा सबैभन्दा धेरै सातजनाको मृत्यु भएको छ । स्थानीय इन्द्र जनालाको घरमाथि पहिरो खस्दा तीन छोरी सरिता, संजिता र मैनकलाको मृत्यु भएको छ । त्यस्तै, इन्द्रकै भाइ नमबहादुर जनालाकी श्रीमती सिर्जना, छोरा ईश्वर, बुहारी गीता र छोरी धनाको पनि घटनास्थलमै मृत्यु भएको छ । पाँचजना सामान्य घाइते भएका छन् ।

कमलबजारकै वडा नं. ८ डुंगालास्थित कुन्टागडेन टोलमा पहिरोले घर पुरिँदा २६ वर्षीय गम्भीर दमाईं, उनकी श्रीमती २३ वर्षीया भाना, छोरीहरू २६ वर्षीया डिग्रा, पाँच वर्षीया कल्पना र तीन वर्षीया सृष्टिको मृत्यु भएको हो । पहिरोमा पुरिएका खड्के दमाईंको भने जीवितै उद्धार गरिएको स्थानीय हिक्मत नेपालीले बताए ।

ढकारी गाउँपालिका– ६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार) का दुई वर्षीय नाति नवीनको पनि पहिरोमा परेर ज्यान गएको छ । ६५ वर्षीय हर्कबहादुर, बुहारी २५ वर्षीया चन्द्रादेवी र नाति ११ वर्षीय धर्म घाइते छन । उनीहरूको सुर्खेत र नेपालगंजमा उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । त्यहाँ उपचार सम्भव नदेखिएपछि हर्कबहादुरलाई नेपालगंज लगिएको उनका आफन्तले बताएका छन् ।
खोलाले बगाएर बेपत्ता भएका ढकारी गाउँपालिका वडा नम्बर १ का एक बृद्धको भने अवस्था अज्ञात छ । उनको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *