१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाको स्कर्टिङमा सर्वोच्च प्रवेश गर्ने तयारीमा जबरा



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालत जादैछन् । यसबारे सेनाका उच्च अधिकारीहरूसँग छलफल भइरहेको छ ।
महाभियोग लागेका जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा जसरी पनि सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् ।
गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरू जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् । चोलेन्द्रले ११ बजे सर्वाेच्च पुग्ने बताएपछि अहिले उनलाई अदालत परिसरमा छिर्न नदिन व्यापक प्रहरी परिचालन गरिएको छ ।
कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की भने झन्डावाल गाडीमा अदालत प्रवेश गरिसकेका छन् । सरकारले राणालाई भने अदालत प्रवेश गर्न नदिने जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *