१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले कर्णाली राजमार्ग अबरुद्ध



काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ ।

लगातारकाे वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएकाे छ ।

जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।

गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो गएका कारण सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध भएकाे थियाे । तर साेही ठाउँमा भने प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *