१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुंगाचाल्नाका पहिरो प्रभावितलाई राहत वितरण



अछाम । अछामको ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका पहिरो प्राभावित परिवारलाई वडा कार्यालय मार्फत राहत सामग्री वितरण गरिएको छ ।
शुक्रबार रातिको पहिरोबाट क्षति भएका परिवारलाई तत्काल पुर्नस्थापनका लागि राहत स्वरुप खाद्यान्न, त्रिपाल, लुगाकपडा र भाडाकुडा दिइएको हो । उनीहरुलाई आवश्यक थप राहत दिन परे त्यसबारे पनि पहल गरिने वडाध्यक्ष प्रकाश थापाले बताए ।

उनका अनुसार तत्काललाई चामल, कम्बल, त्रिपाल, बाल्टीन, फलामे चुला र खाना पकाउने भाडा लगायत अत्यावश्यक सामग्री दिइएको छ ।
पहिरोले प्रभावित ढकारी गाउँपालिका वडा नं ६ सिमाने बस्ने हर्कबहादुर बुढा, छोरा भरत बहादुर बुढा, सोही वडाको खम्मटोलका कृष्णबहादुर बुढा, ढुङ्गाचाल्ना बजारका व्यापारी रमेश बहादुर बुढा, लामासिंहटोलका शेरबहादुर थापा र तामाखानीका रतन थापाको परिवारलाई आइतबार वडा कार्यालय मार्फत राहात दिइएको वडा सदस्य कर्णबहादुर बुढाले जानकारी दिएका छन् ।

उनका अनुसार पहिरोले घर नै भत्काएर क्षति गरेपछि पीडित परिवारका लागि पहिलो चरणमा राहत दिइएको हो ।
राहत वितरणकै क्रममा निरन्तरको वर्षाले क्षति व्यहोरेका महिथुम बस्ने अमर पुनमगर, दोबाटा बस्ने हरसिह कामी, महिथुम बस्ने नरेन्द्र पुनमगरलाई पनि पाल वितरण गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *