४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रममन्त्री कुँवरद्धारा अछामका पहिरो प्रभावित क्षेत्रको निरीक्षण, नगदसहित राहत वितरण


२ आश्विन २०७९, आइतबार  

1k
Shares

अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

उनी पहिरोले क्षति गरेका चार वटै स्थानमा पुगेका हुन् ।
मन्त्री कुँवर पहिरो प्रभावित क्षेत्र अछामको तुर्माखाँद गाउँपालिका–५ नाडा, कमलबजार नगरपालिका–६ ठाँटीखाँद, कमलबजार–८ डुंगाला र ढकारी गाउँपालिका–६ ढुंगाचाल्ना पुगेका थिए ।
निरीक्षणका क्रममा मन्त्री कुँवरले आफ्नो व्यक्तिगत तर्फबाट किरिया खर्च वापत् सबै मृतकका नाममा १०/१० हजारका दरले दुई लाख ३० हजार सहयोग गरेका छन् । पीडित परिवारका लागि तत्काल बास व्यवस्थापन गर्न ३८ थान त्रिपाल र ७५ थान कम्बल समेत दिइएको छ ।
सो क्रममा पहिरोमा परेर ज्यान गुमाएकाहरुका परिवारलाई गृहमन्त्रालय मार्फत राहत स्वरुप एक/एक लाख रुपैयाँका दरले जम्मा सात परिवारलाई ७ लाख हस्तान्त्रण गरिएको छ ।
पहिरो प्रावित क्षेत्रको निरीक्षण पछि नेपाली अक्षरसँग कुरा गर्दै श्रम मन्त्री कुँवरले खाद्यान्न, लत्ताकपडा र विस्थापीतहरुको व्यवस्थापनका लागि उचित पहल गरिने बताए । ‘यहाँको सबै अवस्था बुँझे,‘उनले भने,‘अब विस्थापीतहरुलाई व्यवस्थीत गर्नुपर्छ । त्यसका लागि सबैतिरबाट पहल गराउने छु ।’ तत्काल आवश्यक पर्ने खाद्यान्नका लागि सम्पूर्ण अवस्था अध्ययन गरेर खबर गर्न आफुले प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलाई निर्देशन गरेको उनले बताए ।
साथै पहिरो प्रभावित परिवारलाई भेटेर श्रम मन्त्री कुँवरले घाइतेको सम्पूर्ण उपचार सरकारले नै गर्ने र थप सहयोग आवश्यक परे त्यो पनि सरकारले ब्यवस्था गर्ने आश्वासन दिएका छन् ।
पहिरो प्रभावित परिवारलाई तत्काल व्यवस्थापनका लागि कुनकुन ठाउँमा केकति सामग्री र खाद्यान्न आवश्यक देखिन्छ त्यही अनुसार मन्त्रालयको तर्फबाट पनि पहल गरिने उनले बताए । ‘जिल्लाबाट के रिर्पोटिङ हुन्छ् त्यहीँ अनुसार पहल गर्छौ,’उनले भने,‘यसबारे छिटो खबर गर्न भनेको छु ।’ उनले पहिरो पीडितलाई राहत र उद्धारमा कुनै कमी हुन नदिने बताए ।
मन्त्री कुँवर संगै सूदुरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री बलबहादुर सोडारी र प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी पनि निरीक्षणमा पुगेका थिए ।

मृतक सबै २२ जनाकै सनाखत
अछाममा पहिरोमा परी ज्यान गुमाएका सबै २२ जनाकै सनाखत भएको छ । शुक्रबार राति जिल्लाका चार ठाउँमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।
पहिरोले घर परिदा तुर्माखाँद–५ नाडा काँडाचौरमा सबैभन्दा धेरै नौ जनाको मृत्यु भएको थियो । कमबलजार–६ ठाँटीखाँदमा सात जना, कमलबजारकै वडा नम्बर ८ डुंगालामा पाँच जना र ढकारी–६ ढुंगाचाल्नामा एक जनाको ज्यान गएको हो ।
राति सुतेको बेला घरमाथिबाट पहिरो आएपछि काँडाचौरमा तीन परिवारका नौ जना, ठाँटीखाँदमा एकै परिवारका सात जना र डुंगालामा पनि एकै परिवारका पाँच जनाले ज्यान गुमाउनु परेको छ ।
मृतक सबैको सनाखतपछि पोष्र्टमार्टम गर्ने कार्य सकिएको छ । घटनामा घाइते भएका ढुंगाचाल्नाका ६५ वर्षीय हर्कबहादुर बुढा (बैदार) को कोहलपुर मेडिकल क्लेज बाँके र उनकी बुहारी २५ वर्षीया चन्द्रा बुढा र ११ वर्षीय नाति धर्म बुढाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

उनीहरु बाहेक अन्य सबै घटनाका घाइहरुतेको अवस्था सामान्य छ ।
पहिरोमा बेपत्ता सबैको शव भेटिएपनि खोलाले बगाएर बेपत्ता भएका ढकारी गाउँपालिका–१ का ४२ वर्षीय मोति बुढाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले बताए ।

पहिरोमा ज्यान गुमाउनेहरु
–तुर्माखाँद गाउँपालिका–५
१. नेत्रबहादुर शाही ४५ वर्ष
२. जानकी शाही १७ वर्ष
३. विमला शाही १७ वर्ष
४. मनिषा शाही ३६ वर्ष
५. भावना शाही २१ वर्ष
६. कल्पना शाही १७ वर्ष
७. नेलिना शाही १ वर्ष
८. करिष्मा शाही ३ वर्ष
९. सून्दर शाही १३ वर्ष

–कमलबजार नगरपालिका–६
१. अमृता कामी ३० वर्ष
२. सरिता कामी १७ वर्ष
३. आराधना कामी २१ वर्ष
४. निखिल कामी ९ वर्ष
५. मैनकला कामी ३६ वर्ष
६. गीता कामी १५ वर्ष
७. शिरु कामी १२ वर्ष

–कमलबजार नगरपालिका–८
१. गम्भीर दमाई २६ वर्ष
२. भाना दमाई २३ वर्ष
३. डिग्रा दमाई ६ वर्ष
४. कालु दमाई ३ वर्ष
५. कल्पना दमाई ४ वर्ष

–ढकारी गाउँपालिका–६
१ं नवीन बुढा २ वर्ष

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *