१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडेको अवस्थामा कञ्चनपुरमा तीन शव भेटियो



महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा तीन जनाको शव भेटिएको छ । तीन वटै शव सडेको अवस्थामा भेटिएका हुन् ।
लालझाडी गाउँपालिका–१ स्थित उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान भने हुन नसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले बताए ।
दुई वटा शव महिला वा पुरुष कसको हुन भन्ने नखुलेपनि एउटा शवमा भने चुरा र लुगाको आधारमा महिलाको बुझिएको उनले बताए ।
शवको पहिचान गर्न मुस्किल भएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । त्यसका लागि चिकित्सकको टोलीले नमुना संकलन कार्य गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *