७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबराविरुद्ध कडा रुपमा प्रस्तुत भयो सरकार



काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ ।
निलम्बनमा परेको बेलापनि फेरि सर्वोच्च अदालत फर्कने जोडबल गरेपछि सरकार जबराविरुद्ध कडा रुपमा अघि सरेको हो ।
सरकारी निवासबाट हटाउनुका साथै जबराको सबै सुविधा खोस्ने तयारी सरकारले गरेको छ । तत्कालै उनलाई बालुवाटारस्थित सरकारी निवासबाट हटाउने तयारी छ ।

कानुन विपरित अराजकता मच्चाउन खोजेको भन्दै सरकारले उनको सुरक्षामा खटिएका प्रहरीलाई आइतबार नै फिर्ता बोलाइसकिएको छ ।
प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार फिर्ता बोलाएको थियो । उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ । यो सबै गृह मन्त्रालयको निर्देशनमा गरिएको प्रहरीको भनाई छ ।
गएको १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *