६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब कपाल काटेको २००, दाह्री काटेको १२०



काठमाडौं । अब कपाल काटेको दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल नाई संघले काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ। 

जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्नेछ। यसअघि कपाल काटेको एक सय ५० रुपैयाँ शुल्क तोकिएको थियो।

यो निर्णय असोज १ गतेबाट लागू हुने संघले जनाएको छ। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ निर्धारण गरिएको छ।

कपाल डिजाइन ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ तिर्नुपर्ने संघको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ३४ बजे