८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलमको हत्या अभियोगमा जेलमा रहेका एमालेका पूर्व सांसद प्याशी रिहा



वीरगन्ज । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा विगत ६ वर्षदेखि जेलमा रहेका एमालेका पूर्व सांसद रामचन्द्र कुशवाहा प्याशी रिहा भएका छन्। 

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाई आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्याशी सोमबार वीरगन्ज कारागारबाट रिहा भएका हुन्। 

सोमबार दिउँसो कारागारबाट रिहा गरिएका प्याशीलाई उनका आफन्त र समर्थकहरू दलबलसहित वीरगन्जमा पुगेर स्वागत गरेका थिए। 

कारगारबाट रिहा भई निस्किएका प्यासीलाई उनका आफन्त र समर्थकहरूले कारागारको प्रवेशद्वारमै फुलमाला लगाई दिएका थिए। 

संविधानसभाको दोस्रो निर्वाचनको समयमा बाराको निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका तर्फबाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते महमुद आलममाथि परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो। 

गोली प्रहारबाट गम्भीर घाइते आलमको २०७० असोज २४ गते काठमाडौंको अस्पतालमा उपचारका क्रममा मृत्यु भएएको थियो।

एमाले निकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो। 

लामो समयको अनुसन्धानबाट घटना प्याशीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले प्याशीलाई आलमको हत्या भएको तीन वर्षपछि बाराकै सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो।

प्याशी तत्कालीन एमालेका पूर्वसमानुपातिक सभासद हुन्। उम्मेदवारका आकांक्षी प्याशीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो। 

आलम हत्यापछि २०७० को संविधानसभा निर्वाचनमा एमालेले उनकी पत्नी नेजमा खातुनलाई उम्मेदवार बनाएको थियो। उक्त चुनावमा आलम पत्नी नेजमाले फराकिलो मतान्तर सहित चुनाव जितेकी थिइन्। 

तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको आलमको हत्यामा संलग्न रहेको पुष्टि भएपछि २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्याशीलाई बारा जिल्ला अदालतले उनलाई १० वर्षको जेल सजाय सुनाएको थियो। 

तर, जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउँदै आलमकी पत्नी नेजमाले २०७३ कार्तिक ५ गते उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा पुनरावेदन गरेकी थिइन्। 

त्यसपछि उच्च अदालत अस्थायी इजलाश वीरगन्जका एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको थियो।

 
आलमको हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई भने अदालतले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १६ बमोजिम १० वर्षको फैसला सुनाएको थियो। 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *