१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब बागमतीमा सफा पानी बग्ने



काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ।

गोकर्णेश्वर नगरपालिका– १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमतीमा पठाउने तयारी भइरहेको छ।

समुद्री सतहबाट करिब दुई हजार ८० मिटरको उचाइमा मानवनिर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएको छ। यो नेपालमै पहिलो सिएफआरडी ड्याम पनि हो। उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको एक सय ५८ रोपनीमा फैलिएको यो ताल निर्माणको लागत ४५ करोड रुपैयाँ रहेको आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले जानकारी दिए।

धापमा २४ मिटर अग्लो बाँध हुनेछ। प्रमुख इन्जिनियर छतकुलीका अनुसार निर्माण हुँदै गरेको धाप बाँधले सुक्खायाममा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ। ढलको व्यवस्थापन प्रभावकारी हुन सके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : १९ बजे