१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षा हुने, चट्याङको पनि डर



काठमाडौं । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केहि ठाँउमा भारी वर्षाको सम्भावना छ । यी दुई प्रदेशमा वर्षा संगै चट्याङ पर्न सक्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएकाले सचेत रहन अनुरोध गरिएको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केहि स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

निरन्तर वर्षा भइरहेकाले पहाडमा पहिरो, बाढी र तराईमा डुबानको खतरा हुनसक्ने भन्दै सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *