७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेलमा च्यापिएर अछामका एक युवकको भारतमा मृत्यु



महाराष्ट्र । भारतमा रेलले च्यापिएर ज्यान गुमाएका अछामका एक युवकको शव भेटिएको छ । जिल्लाको मंगलसेन– ४ खातिगाउँका प्रकाश भुलको शव भेटिएको हो ।

३० वर्षका भुललाई सेप्टेम्बर १५ तारिखका दिन भारतको तेलंगना राज्यको हैदरबाद जिल्ला स्थित अलवाल स्टेशनमा रेलले ठक्कर दिएर किचेको थियो । आफन्तको मलामिबाट फर्किदै गर्दा रेलवे पार गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको त्यहाँ रहेका नेपाली अक्षरका सम्वाददाता टेकबहादुर आउजीले बताएका छन् ।

उनको सोही दिन घटनास्थलमै मृत्यु भएपनि आफन्तले ढिलो गरी थाहा पाएका हुन् । पाँच दिन सम्म पनि प्रकाश सम्पर्कमा नआएपछि उनको खोजी गर्ने क्रममा अलवात स्टेशनमा उनले लगाएका कपडा र चप्पल भेटिएछि त्यसको आधारमा शव खोजी थालिएको थियो ।
मृतकका आफन्त राजेश भुलका अनुसार शवको हैदराबादको गान्धी अस्पतालमा पोष्र्टमार्टम गरिएको छ ।

बाल्यावस्थामै भारत गएका उनी १५ वर्ष अघि देखि उतै रोजगारी गर्दै आएका थिए । मृतक प्रकाशको बुधबार भारतमै दाहासंस्कार गरिने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *