८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, चार घाइते



झापा । झापामा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।

शिवसताक्षीमा भएको दुर्घटनामा मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा– ५ निवासी ४४ वर्षीय बलराम यादव र इटहरी–१० का ३० वर्षीया गीता चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए ।

घाइते हुनेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ निवासी ४० वर्षीया रिता चौधरी, इटहरी–८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान–१५ निवासी ३६ वर्षीय बिभिसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेको उनले बताए ।

प्रहरीका अनुसार मङ्गलवार साढे ४ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका– १० स्थित सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा गएर ठोक्किएको थियो । रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । कारमा चालकसहित ६ जना सवार थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *