१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिट बाँडफाँट भोलिसम्म हुन्छ : सत्ता गठबन्धन



काठमाडौं । सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धन अझै टुंगोमा पुग्न सकेको छैन् । उनीहरुले आज पनि भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् ।

तर सहमतिका लागि भने ठुलो चुनौती खडा हुँदै गएको छ । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले यसअघि पनि कयौं पटक सहमतिको प्रयास गरेका थिए ।

तर अहिलेसम्मका छलफलबाट कुनै सहमति जुट्न सकेन् । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए ।
सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।

आज मंगलबारको भेटमा पनि उनीहरुले भोलि बुधबार सम्ममा सहमति गर्ने भन्दै भोलिका लागि फेरी बैठक आब्हान गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *