२९ भाद्र २०८१, शनिबार | Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन्।

संसद्ले दोस्रोपटक पारित गरी नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको आज १५ औँ दिन हो।

संसद्‌बाट दोस्रोपटक पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। तर, राष्ट्रपति कार्यालयका उच्च स्राेतका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी हुन्।

पाँचदलीय गठबन्धनले बहुमतको बलमा संविधान मिचेको तर्क गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी स्राेतकाे भनाइ छ ।

विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग आज मध्यरातसम्मको समय छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *