२५ कार्तिक २०८२, सोमबार | Nov 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीलाई लिन गएको जहाज रित्तै काठमाडौं फर्कियो



काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आउन अस्वीकार गरेपछि सेनाको जहाज रित्तै फर्किएको छ ।

डा. केसीले काठमाडौं नजाने अडान लिएपछि उनलाई लिन धनगढी गएको नेपाली सेनाको जहाज रित्तै काठमाडौं फर्किएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशिक अस्पतालका डाक्टको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनले आफूलाई जटिल समस्या नभएको भन्दै आउन नमानेपछि जहाज रित्तै फर्किएको हो ।

सेती प्रादेशिक अस्पतालले उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको बताएपछि थप उपचारका लागि उनलाई काठमाडौ ल्याउने तयारी गरिएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहरा, प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश प्रसाद जोशी सहितको टोलीले मंगलबार बिहान सेती प्रादेशिक अस्पतालमै पुगेर उनलाई काठमाडौं आउने प्रस्ताव गरेका थिए ।

जवाफमा उनले भने ‘मेरा मागहरू पूरा गर्नुहोस, म काठमाडौं जान्न, नेपालको जुनसुकै अस्पतालमा पनि म मेरो उपचार गराउन स्वतन्त्र छु, म सेती मै बस्छु, मलाई सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले राम्रो उपचार गरिरहनु भएको छ ।’
केसीको उपचारमा सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा शेरबहादुर कमर, डा अमृत जैशी सहितको टोली खटिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : १२ बजे

  • ...
    gratis binance-konto

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *