७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकाद्धारा पहिरो पीडितलाई पाँच लाखबढी राहत वितरण



काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले पहिरो पीडित परिवारलाई राहत स्वरुप पाँच लाख २५ हजार रुपैयाँ दिएको छ ।

गाँउपालिकाका तर्फबाट अध्यक्ष डम्बर बहादुर बिसीले पहिरो गएको ठाँउ वडा नम्बर ५ नाडाको काँडाचौर गाउँमै पुगेर नगद हस्तान्त्रण गरेका हुन् ।

अध्यक्ष बिसीले ३१ भदौको राति गएको पहिरोले दुई घर पूर्ण रुपमा क्षतिग्रत भएको र खाद्यान्न, अन्नबाली र स्थानीको पाखो जमिन समेत पहिरोले लगेका कारण पुरै गाउँ नै समस्यामा परेको बताएका छन् ।

पहिरोले कैयौं पशु चौपायहरु मर्नुका साथै केहि स्थानीयहरु घरबार बिहिन भएको र अन्य १० वटा घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई तत्काल सुरक्षित स्थानमा बसोबासको ब्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै अध्यक्ष बिसीले त्यसका लागि स्थानीय सरकारले गर्नुपर्ने सबै ब्यवस्थापन गर्ने र यसमा थप राहत स्वरुप सहयोग गर्न र दुःखद घटना प्रती सहानुभूति प्रकट गर्न संघिय सरकार, प्रदेश सरकार र विभिन्न सहयोगी संघसंस्था लगायत अन्य सबै निकायलाई अनुरोध समेत गरेका छन् ।

साथै अध्यक्ष बिसीले घटनापछि उद्धारमा खटिने सुरक्षा निकाय, सरकारी कर्मचारी, राजनितिक दलका प्रतिनिधि, स्थानीयहरु र अन्य सबैप्रति आभार प्रकट गर्दै मंगलबार आज जनही ५० हजार रुपैयाँ राहत स्वरुप र २५ हजारका दरले क्रियाखर्चका लागि गरेर जम्मा पाँच लाख २५ हजार हस्तान्त्रण गरेका थिए ।

काँडाचौरमा गएको पहिरोमा नौ जनाको मृत्यु भएको थियो । मृतक सबैको सामुहिक दाहसंस्कार गरिएको छ ।

घटनामा ४५ वर्षीय नेत्रबहादुर शाही, १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ३६ वर्षीया मनिषा शाही, २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १ वर्षीया नेलिना शाही, ३ वर्षीया करिस्मा शाही र १३ वर्षका सून्दर शाहीको मृत्यु भएको थियो । उनीहरु सबैको शव पहिरोले च्यापिएको घरबाट उत्खनन गरेर निकालिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *