१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोठाटार गोलीकाण्ड : अनुसन्धान गर्न विशेष समिति गठन



काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)जनक भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा ५ जना छन् । 

सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

मोहम्मदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । 

गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *