२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयक प्रमाणीकरण भएन,अब के होला ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।

संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २‍९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्। 

फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरेको थियो। तर मंगलबार १२ बजेभित्रको समयसीमामा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्। 

यसबीच राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीसँग विधेयक सम्बन्धमा छलफल गरेकी थिइन्। उनले नेपाली सेना, कानुन व्यवसायी र संसदमा रहेका सबै दलका शीर्ष नेताहरुसँग नागरिकता विधेयक सम्बन्धमा सम्बाद गरेकी थिइन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए। गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको थियो। 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ०३ बजे

  • ...
    b"asta binance h"anvisningskod

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    ...
    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *