१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा घाम लाग्यो, सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षा हुने



काठमाडौं । आज बिहानै देखि काठमाडौंमा घाम लागेको छ । तर मौसम भने पूर्ण रुपमा खुल्ने सम्भावना देखिदैन् ।

मौसमपूर्वानुमान अनुसार दिउँसो र साँझ फेरी केहि समय भएपनि बदली हुने छ । देशका केहि ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ ।
सुदूरपश्चिमा र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यि दुई प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *