१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा बच्चा चोर्न खोज्ने चारजना पक्राउ



महेन्द्रनगर । कञ्चनपुरमा बच्चा चोर्न लागेका चारजना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।

बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेर प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको शाहले बताए । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शुक्लाफाँटा–८ का ६ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *