२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार भयो : पाँच दलीय गठबन्धन



काठमाडौं । सरकारमा सहभागी दलहरूले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको निष्कर्ष निकालेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भइसकेको अवस्थामा पनि परमाणिकरण नगरिनु निकै दुखद भएको दलहरुले ठहर गरेका हुन् ।

संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमा हिजो बुधबार मध्य रात सकिएको हो । राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको छ बैठकको निश्कर्ष छ ।

राष्ट्रपतिको कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको र अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको बैठकको ठहर छ ।

राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय, संचार लगायतलाई बैठक आह्वान गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष सहभागी थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *