१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचदलीय बैठकमा सहभागी जनमोर्चाले राष्ट्रपतिको कदमप्रति गरेन हस्ताक्षर



काठमाडौं । राष्ट्रिय जनमोर्चा नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम बिरुद्ध नजाने देखिएको छ ।

पाँचदलीय गठबन्धनमा रहेको रहेको जनमोर्ताले सत्तामा रहेका अन्य दलहरु जस्तै कदमको विपक्षमा लाग्न चासो दिन आवश्यक ठानेन ।

बुधबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय बैठकमा सहभागी भए पनि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी वा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेनन् ।

यसअघि पाँचदलीय गठबन्धनका हरेक विज्ञप्तिमा उपाध्यक्ष पौडेलले हस्ताक्षर गर्दै आएका थिए । तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकार गर्ने निर्णयको विरोधमा निकालिएको विज्ञप्तिमा जनमोर्चा सहभागी भएन ।

जनमोर्चाका अध्यक्ष केसीले राष्ट्रपति भण्डारीको कदमप्रति आफूहरूको कुनै चासो नरहेको प्रतिक्रिया दिए ।

उनले आफ्नो पार्टीले सुरुदेखि नै नागरिकता विधेयकप्रति फरक धारणा राखेको उल्लेख गर्दै अहिले राष्ट्रपतिको कदमबारे बोल्नु आवश्यक नरहेको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *