६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा दुई जना मृत भेटिए



धनगढी । कैलालीमा दुई जनाको शव भेटिएको छ । उनीहरु दुबैका शव फरक फरक ठाउँमा फेला परेका हुन् ।

मृत भेटिनेमा गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला र कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा रहेका छन् ।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउदै कैलाली प्रहरीले घटना शंकास्पद रहेको जनाएको छ । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

छोरीको घर आएका जेठारा मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *