९ जेष्ठ २०८२, बिहिबार | May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुका कारण बागमती प्रदेशमा ११ जनाको मृत्यु



काठमाडौं । बागमती प्रदेशमा डेंगुको कारण ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंका चार जना छन् ।

यो संगै ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार डेंगुको प्रकोपबाट बागमती प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना संक्रमित भएका छन् ।

ललितपुर जिल्लामा मात्र चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् । यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुका बिरामी रहेका छन् ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ५३ बजे

  • ...
    Kode Binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *