१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीमा तीनजनाको मृत्यु



काठमाडौं । कपनको एक ट्रेकिङ अफिसमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । राममन्दिरनजिकै रहेको टंक गुरुङको घरमा आगलागी भएको हो ।

उनको घरमा आगलागी हुँदा त्यहाँ रहेको ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेन्चरको कार्यालयमा क्षति भएको र तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त ट्रेकिङ कम्पनीको कार्यालयमा बस्दै आएका कर्मचारीहरु नै घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आगालगीको कारण बारे अनुसन्धान भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल पनि परिचालन गरिएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *