१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालका फार्मेसीमा आज डोजर लगाइने



काठमाडौं । काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल आज हटाइने भएको छ । महानगपालिकाले दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको छ ।

यदि कल्टिमेटमसम्म पनि नहटाइए महानगरले आफै डोजर लगाएर फर्मेसी हटाउने छ । बुधबार नै फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन् ।

आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।

नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो । तर पसलेको विरोधका कारण हटाउन सकेको थिएन ।

प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *