१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो, एक घाइते



काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

आगलागीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

गएराति बुढानिलकण्ठ नगरपालिका–११ लसुनटार स्थित राम मन्दिर नजिकको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *